लाभांश प्रस्ताव पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लाभांश प्रस्ताव पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा बैशाख १० गते होटल गजुर, धरान उप–महानगरपालिका वडा नं.८ सुनसरीमा सम्पन्न भएको छ । सभाले आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।

वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाबको विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेका छन् । सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.७५ प्रतिशतका नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । कम्पनी मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ ।

यस आ.व. २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेकम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्