यस्तो छ कालिका लघुवित्तको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा चैत २९ गते सम्पन्न भएको छ। चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा सभा सम्पन्न गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस पछि कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले स्वीकृति गर्नेछ । कम्पनीले हाल कायम संस्थापक तर्फको ६४।५२ प्रतिशत शेयर स्वामित्व ५४।५२ प्रतिशतमा र सर्वसाधारण तर्फको हाल कामय ३५।४८ प्रतिशत शेयर स्वामित्व ४५।४८ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गरेको हो ।