नयाँ स्टकको लाइसेन्सको लागि अर्का आवेदन बोर्डमा दर्ता « Arthapath.com
१२ असार २०८२, बिहीबार

नयाँ स्टकको लाइसेन्सको लागि अर्का आवेदन बोर्डमा दर्ता



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टकको लाइसेन्सको लागि थप एक आवेदन प्राप्त भएको छ । आज अर्थात बैशाख १० गते नेशनल स्टक एक्सचेञ्जले बोर्डमा आवेदन दिएको हो ।

दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेशनलले बोर्डमा आवेदन दिएको हो । गत शुक्रबार मात्र हिमालयन स्टकले नयाँ स्टक लाइसेन्सका लागि आवेदन दिएको थियो ।

बोर्डले गत चैत ३० गते नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । बोर्डले १० दिनभित्र आवेदन आव्हान गरेको हो । जुन समय आज अर्थात बैशाख १० गते सकिदैछ ।

नयाँ स्टक एक्सचेञ्जका लागि २ आवेदन र कमोडिटी एक्सचेञ्जका लागि १ आवेदन परेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्