मर्जर जाने प्रस्ताव पारित गर्दै मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मर्जर जाने प्रस्ताव पारित गर्दै मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा बैशाख १० गते काभ्रेपलान्चोकको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएकोे छ ।

सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्तावहरुलाई पारित गरेको छ ।

एक आपसमा गाभिए पश्चात बन्ने एकिकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने, तथा संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला वनेपा नगरपालिका वडा नं. १३ मा रहने, कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका वाहेक काठमाडौं उपत्यका भित्र रहने गरी प्रस्ताव पारित गरेको छ ।

दुबै संस्थाको शेयर स्वाप अनुपात १ : १ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बन्धि संझौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमागाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्य प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्