सेयर बजारमा झिनो सुधार, कारोबार रकम ७५ करोडमा खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार भिनो अकंले सुधार आएको छ । हिजो राताम्य भएको बजार आज भने सुधार आएको हो ।
बजारमा नयाँ स्टक एक्सचेञ्ज आउने कुराले लगानीकर्ता अन्यौलमा छन् । अर्का स्टक आउँदा बजार प्रतिस्पर्धी हुने भएकोले यसले लगानीकर्ता कुनै पनि अन्यौलमा नपर्ने नियामक निकायले सुझाव दिदै आइरहेको छन् ।
नयाँ बजेटको तयारीमा समेत सरकार लागि परी रहेकोछ । अर्थमन्त्री प्रकाशसरण महतले पूँजी बजार सुधारका लागि सकरात्मक कदम चाल्ने विश्वास दिलाएसँगै बजार सुधार तिर लम्कि रहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७१ अकंले घटेर १८८८.३२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको कारोबार भएको छ ।
बजारमा सुधार आएपनि ४ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२२ प्रतिशतले सेयर मूल्य घटेको हो ।

सोमबार कालिञ्चोक दर्शनको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड ८१ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको २ करोड ९९ लाख रुपैयाँ र नलिब बैंकको २ करोड १५ लाख रुपैयाँको कोरोबार भएको छ ।
