शिवम् सिमेन्टको १ लाख ६४ हजार कित्ता कारोबार, सेयर मूल्य कति पुग्यो ?
काठमाडौं । बजार आज दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६८ अकंले घटेर १८९२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ ८४ .करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १ लाख ६४ हजार ९३० कित्ता सेयर किनबेच हुदाँ ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको सेयर मूल्य भने १.७३ प्रतिशत अर्थात प्रतिकित्ता ७ रुपैयाँ ३० पैसाले घटेर ४१५ रुपैयाँ २० पैसा रहेको छ ।















