नेप्सेमा सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेप्सेमा सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ६ सय ९३ रुपैयाँको आधारमा नेप्सेमा १५ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनिको सेयर मूल्य ६ सय २ रुपैयाँ कायम रहेको छ ।

अब कम्पनीको सेयर मूल्य बिहीबार (बैशाख १४) गते देखि दोस्रो बजारमा कारोबारमा आउनेछ।


प्रतिक्रिया दिनुहोस्