३१ श्रावण २०८३, आइतबार

वार्षिकोत्सवमा सिटिजन्स बैंकले गर्यो मस्कट नागरिका सार्वजनिक



काठमाडौं । सिटिजन्स बैंकले आफ्नो नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कटका साथै सुरुवात गरेको छ। १७ औं वर्षमा प्रवेश अवसरमा आफ्ना ग्राहकहरूलाई थप सरतिकृत बैंकिङ अनुभव प्रदान गर्नलागि नयाँ सुविधा ल्याएको हो ।

बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो मस्कट सार्वजनिक गरेका छन् । बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ ।

च्याटबट एक एआईद्वारा संचालित मर्चुअल सहायक हो जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्दछ। यस सुविधाले ग्राहकहरूलाई बैंकसंग सम्बन्धित जिज्ञासा र अनुरोधहरूको तुरुन्त प्रतिक्रियाहरू प्राप्त गर्न सक्षम पार्ने बैंकले जानकारी दिएको छ ।

च्याटबट मार्फत, ग्राहकहरूले सरल र सहज संवादात्मक इन्टरफेस मार्फत विभिन्न बैंकिङ गतिविधिहरू गर्न सक्छन् जस्तै खाता मौज्दात जांच, खाता खोल्न उच्च ब्याज दर बुझन, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुविधाहरू उपलब्ध छन् ।

ग्राहकहरूले च्याटबटमा आफ्नो जिज्ञासा वा अनुरोध टाइप गरेर कुराकानी सुरु गर्न र उपयुक्त बैंकिङ सेवामा भार्गदर्शन प्राप्त गर्न सक्छन् । त्यसका साथै डाटा गोपनीयता र सुरक्षाको लागि बैंकको प्रतिबद्धताको एक भागको रूपमा, च्याटबटले ग्राहकहरूको जानकारीग सुरक्षित समेत गर्द लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।