गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाखको मृत्युदाबी भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाखको मृत्युदाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबीभुक्तानी गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहनलाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका छन् । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गर्नु गरेका थिए ।
मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेका थिए । रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बिमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ । बीमालेख ग्रहण गर्दै रोकाले समयमानै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताएका छन् ।













