आत्मनिर्भर लघुवित्तको नाफा डेढ करोडले घट्यो: खराब कर्जा ७.७१ प्रतिशत, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफामा डेढ करोड बढीले घटेको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको ९ महिनामा कम्पनीले ४ करोड ४६ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा २७.६३ प्रतिशतले कमी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ६ करोड १६ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा घटेकोपछि नाफा कम भएको हो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी प्रतिशतले १६९.२२ घटेर ९ करोड २१ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, सो अवधिमा कम्पनीको संचालन नाफा पनि ४३.०८ प्रतिशतले घटेर ५ करोड ५१ लाख ७४ हजार रुपैयाँ कायम भएको छ । गत आवको समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमशः ११ करोड १३ लाख रुपैयाँ र ९ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनी जगेडा तथा कोषमा भने २१ करोड रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा पनि झण्डै दोब्बर वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ४.४० प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको समिक्षा अवधिमा भने बढेर ७.७१ प्रतिशत पुगेको छ ।