१० श्रावण २०८३, आइतबार

यस्तो छ प्राइम लाइफ इन्स्योरेन्सको विशेष वार्षिक साधारण सभाको ‘माइन्युट’

यस्तो छ प्राइम लाइफ इन्स्योरेन्सको विशेष वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा बैशाख ६ गते केन्द्रकमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ,गूरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियक लाइफ इन्स्योरेन्स कम्पनी (तिन वटा कम्पनी) मर्जर जाने अन्तिम प्रस्तावहरु पारित भएको हो ।

मर्जर पश्चात हिमालयन लाइफ इन्स्योरेन्स नामको कम्पनीको कारोबार गर्ने र कम्पनीहरुको शेयर अनूपात १ः१ः१ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

तिनवटा कम्पनी मर्जर गर्ने सम्बन्धमा भएका सम्पुर्ण कार्यहरुको अनुमोद नगर्ने र तिन वटा कम्पनीको मर्जर गरि एकिकृत कारोबार गर्नका लागि विभिन्न निकायमा गर्नुपर्ने आवश्यक कार्यहरु गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय लगायत प्रस्ताव गरिएका सम्पुर्ण विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएको थियो ।