पर्ख र हेरको अवस्थामा लगानीकर्ता, मौद्रिक नीतिको प्रर्खाईले सुस्ताउदैं बजार

काठमाडौं । साताको सुरुवात मै सेयर बजार ओरालो लागेको छ । बजार केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको रिर्पोटले लगानीकर्ता निराश बनि रहेका छन् । बैंकहरुको खराब कर्जा बढ्दा लगानीकर्ता अझै ढुक्कका साथ लगानी गर्ने डराइ रहेको अवस्था छ । लगानीकर्ता अब मौद्रिक निति र नयाँ बजेटको प्रखाईमा बसेको छन् । नयाँ आउने मौद्रिक नितिले लगानीकर्ताको माग सम्बोधान गर्ने आशले लगानीकर्ता सोहिको प्रर्खाइमा रहेका हुन् ।
बजार निरन्तर ओरालो लाग्दा लागनीकर्ताको खर्बा रकम गुमेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.११ अकंले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ उपसूचक नै ओरालो लागेको छ । आज बैंकिङ समूहको ०.७७ प्रतिशत, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको १.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७५ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको ४ करोड २५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमन्ट बैंकको ३ करोड ५७ लाख रुपैयाँ र तारागाउँ रिजेन्सिको ३ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।
