यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
११ असार २०८२, बुधबार

यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १९.११ अंकले घटेर १८७०.६५ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ ।

आज एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड २ को लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ३.३३ प्रतिशत अथवा ०.२६ रुपैयाँले बढेर ८.०६ रुपैयाँ पुगेको छ ।

साथै, प्रभु बैंक डिबेञ्चर २०८७ को ३.१८ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको २.५९ प्रतिशत, सिद्धर्थ इन्भेष्टमेण्ड ग्रोथ २ को २.४५ प्रतिशत, नाारायनी डेभलमेन्ट बैंकको २.०७ प्रतिशले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्