थप दुई कम्पनीको आइपीओ र एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
११ असार २०८२, बुधबार

थप दुई कम्पनीको आइपीओ र एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको आइपीओ र १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार मात्र आत्मनिर्भर लघुवित्त र बिपि डब्लु लघुवित्तको आइपीओ र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो । कम्पनीको पहिलो कारोबार न्यूनतम प्रतिकित्ता ८६ रुपैयाँ ७८ पैसादेखि अधिकतम २६० रुपैयाँ ३४ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको सेयर सूचीकरण पश्चात सिम्बोल आरटिएस दिएको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय सस्था लिमिटेडको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक सेशेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख २३ हजार ३८० कित्ता आइपीओ सूचीकृत गराएको हो । कम्पनीको न्यूनतम मूल्य ३७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १ हजार ११५ रुपैयाँ ४६ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । नेप्सेले कम्पनीको सिम्बोल आरटिएस दिएको छ ।

आइतबार नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ६.५ प्रतिशत बोनस वापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्