सेयर बजारमा ओरालो यात्राले निरन्तरताः कारोबार ६९ करोडमा झर्यो, पर्ख र हेरकै अवस्थामा लगानीकर्ता « Arthapath.com
११ असार २०८२, बुधबार

सेयर बजारमा ओरालो यात्राले निरन्तरताः कारोबार ६९ करोडमा झर्यो, पर्ख र हेरकै अवस्थामा लगानीकर्ता



काठमाडौं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । आइतबार दोहोरो अकंले ओरालो लागेको बजार आज पनि घट्न पुगेको हो ।

बजार केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ । लगानीकर्ताको अर्बाै रकम गुम्ने डर रहेको छ । ब्याजदर घट्नु, अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर जानु र सरकार पक्षले सकरात्मक तरिकाले पूँजी बजारलाई लिनुले पनि बजारलाई सुधार तिर लम्किाउन सकेन ।

बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक रिर्पोटले लगानीकर्ता निराश बनि रहेका छन् । बैंकहरुको खराब कर्जा बढ्दा लगानीकर्ता अझै ढुक्कका साथ लगानी गर्ने डराइ रहेको अवस्था छ । साथै, लगानीकर्ता अब मौद्रिक निति र नयाँ बजेटको प्रखाईमा बसेको छन् । नयाँ आउने मौद्रिक नितिले लगानीकर्ताको माग सम्बोधान गर्ने आशमा छन् ।

उता, सरकारले पनि पूँजी बजारका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित बजेट ल्याउने बताइरहेको छ । तर लगानीकर्ता आश्वासन भन्दा पनि नतिजाको पर्खाइमा बसेको केही जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अकंले घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ६ उपसूचक राताम्य हुदाँ ७ उपसूचकमा भने हरियाली देखिएको छ । आज विकास बैंक समूहको ०.०५ प्रतिशत, फाइनान्स समूहको ०.१४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३० प्रतिशत, जीवन बीमा समूहको ०.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, आज हिमालयन डिष्टिलरीको २ करोड ४४ लाख ४९ हजार, नेपाल टेलिकमको २ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्