मंगलबार यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अंकले घटेर १८६६.४० को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ८.२० प्रतिशत अथवा ३३.१० रुपैयाँले बढेर ४ सय ३६ रुपैयाँ ९० पैसा पुगेको छ ।
साथै, १० प्रतिशत सनराइज डिबेञ्चर २०८० को ४.९७ प्रतिशत, गँरास लघुवित्त वित्तीय संस्थाको ४.३५ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ३.९८ प्रतिशत, सनराइज ब्लुचिप फण्डको ३.७७ प्रतिशत, सामुदायिक लघुवित्तको ३.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
