यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१८ अंकले घटेर १८५७.२३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २१ लाख ५५ हजार ४४८ कित्ता सेयर किनबेच हुदाँ ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ६.०९ प्रतिशत अथवा २६.६० रुपैयाँले बढेर ४ सय ६३ रुपैयाँ ५० पैसा पुगेको छ ।
साथै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ५.६६ प्रतिशत, इफिनिटी लघुवित्तको ४.०३ प्रतिशत, युनिलिभर नेपालको २.९२ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको २.६७ प्रतिशत, स्वाभिमान लघुवित्तको २.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
