कतिमा खुल्यो बिपिडब्लु लघुवित्तको पहिलो कारोबार ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

कतिमा खुल्यो बिपिडब्लु लघुवित्तको पहिलो कारोबार ?



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार प्रतिकित्ता २३३.१० रुपैयाँमा खुला भएको हो ।

कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता ८६.८६ रुपैयाँदेखि २६०.३४ रुपैयाँसम्म नेप्सेले तोकेको थियो । ‘बिपिडब्लु’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको थियो।


प्रतिक्रिया दिनुहोस्