नेप्सेमा थप पाँच कम्पनीको १ करोड ८ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप १ करोड कित्ता सेयर सूचीकृत भएको छ । यो साता अर्थात बैशाख १७ गतेदेखि बैशाख २१ गतेसम्म ३ कम्पनीको आइपीओ र २ कम्पनीको बोनस सेयर गरी १ करोड ८ लाख २४ हजार ३९५ कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा मकर जितुमाया सुरी हाईड्रोपावर, आत्मनिर्भर लघुवित्त र बिपि डब्लु लघुवित्तको आइपीओ तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र स्वाबलम्बन लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो । कम्पनीको पहिलो कारोबार न्यूनतम प्रतिकित्ता ८६ रुपैयाँ ७८ पैसादेखि अधिकतम २६० रुपैयाँ ३४ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको सेयर सूचीकरण पश्चात सिम्बोल आरटिएस दिएको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय सस्था लिमिटेडको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक सेशेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता गरी कुल ६ लाख २३ हजार ३८० कित्ता आइपीओ सूचीकृत गराएको हो । कम्पनीको न्यूनतम मूल्य ३७१ रुपैयाँ ८२ पैसादेखि अधिकतम १ हजार ११५ रुपैयाँ ४६ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । नेप्सेले कम्पनीको सिम्बोल आरटिएस दिएको छ ।
मकर जितुमाया सुरी हाईड्रोपावर कम्पनीको ७३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ सूचीकृत गरेको छ । नेप्सेमा कम्पनीको ओपन रेञ्ज न्यूनतम ९२ रुपैयाँ ७१ पैसा देखि २७८ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै, नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ६.५ प्रतिशत बोनस वापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर सूचीकृत भएको हो ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको १६ लाख ८३ हजार २५५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस नेप्सेमा सूचीकृत भएको छ ।