३० श्रावण २०८३, शनिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ ।

कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदरले बिक्री गर्ने लागेको हो ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ऋणपत्र निष्काशनका ४० लाख ४० हजार कित्ता बापत ४ अर्व ४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।