१० श्रावण २०८३, आइतबार

राष्ट्रिय बीमा कम्पनीको साधारण सभा जेठ  ३१ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले वार्षिक साधारण सभा जेठ ३१ गतेका लागि बोलाएको छ ।
कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले काठमाडौैमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

साबिक राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको ३१ औँ बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभाले राष्ट्रिय बीमा संस्थान र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०६८।०६९, २०६९,०७० र २०७०।०७१को गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०।०७१, २०७१।०७२ र २०७२।०७३को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८÷६९ देखि २०७२÷७३सम्मको नियुक्ति एवं पारिश्रमिक निर्धारण प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुबाट एकजना सञ्चालन चयनका लागि निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनाका लागि कम्पनीले जेठ १६ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ जेठ १४ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।