९ श्रावण २०८३, शनिबार

बजेटमा माग सम्बोधन नहुने अन्यौलताले लगानीकर्ता त्रसित, कारोबार ६० करोडमा खुम्चियो



काठमाडौं । अघिल्लो साताको अन्तिम दिन सुधार भएर बन्द भएको बजार आज भने राताम्य भएको छ । निरन्तर ओरालो लागेर अघिल्लो साताको बिहिबार सुधार आएको सेयर बजार यो साताको सुरुवात मै ओरालो यात्रा तय गरेको हो ।

अहिले अर्थमन्त्रालय बजेट निर्माणमा लागि रहेको छ । लगानीकर्ताले प्रत्येक वर्ष झै यो वर्ष पनि आफ्ना मागहरु सरकार समक्ष राखेको छन् । तर, हरेक वर्ष लगानीकर्ताले गरेका माग एउटै हुने हुने गरेका छन् । लगानीकर्ताले उठाउदैं आएका माग सम्बोधन नहुने अन्यौलताले लगानीकर्ता डराएको अवस्था छ । सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार, नेप्सेको प्रविधि अपडेट, राफसाफ प्रत्याभूति कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड), अक्सन मार्केट सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, नेप्सेको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नु पर्ने माग रहेक वर्ष बजेट निर्माणका बेला लगानीकर्ताले उठाउदैं आएका माग पुरा नहुने गरेका छन् ।

वर्तमान अर्थमन्त्री प्रकाश सरण महतले पूँजी बजार आफ्नो प्राथमिकतामा रहेको बताउदैं आएको भने पनि लगानीकर्ता भने अन्यौल मै रहेका छन् ।

यता, राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी गरी रहेको छ । केन्द्रिय बैकले मौद्रिक नीतिमा आफ्ना माग कतिको सम्बोधन गर्छ भन्ने अन्यौलताले लगानीकर्ता लगानी गर्ने डराइरहेको अवस्था छ ।

केहि महिना यता कारोबार रकम भने निरन्तर खुम्चि रहेको छ । कारोबार केहि दिन यता ६०।७० करोडमा सिमित भइरहेको छ । अधिकांश लगानीकर्ता सरकारले लगानी योग्य बातारण सिर्जना नगरेको गुनासो गर्दै आइरहेको छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१२ अकंले घटेर १८५०.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको १ प्रतिशत, फाइनान्स समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशत, हाइड्रोपावर समूहको २.०४ प्रतिशत लगायत १३ वटै उपसूचकमा राताम्य भएको हो ।

आज शिवम सिमेन्टको ३ करोड २२ लाख ३७ हजार रुपैयाँ, मकर जितुमाया सुरी हाइड्रोपावरको १ करोड ८९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्