उच्च दरमा बढ्यो दुई कम्पनीको सेयर मूल्य, यी हुन् आज कमाउने कम्पनीहरु
काठमाडौं ।साताको पहिलो कारोबार दिन दुई कम्पीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२२ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतित्तिा ४१ रुपैयाँ २० पैसाले बढेर ५४२ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यस्तै, सो दिन इस्टन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.६१ प्रतिशत अर्थात प्रतिकित्ता २७ रुपैयाँ ४० पैसाले बढेको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ३८७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
सो दिन सनराइज ब्लूचिप फण्ड, राष्ट्र उत्थान लघुवित्त, बलेफी हाइड्रोपावर लगायतका लगानीकर्ताले कमाएका छन् ।














