यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सेयर बजारमा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ४२ लाख १७ हजार १ रुपैयाँको कारोबार भएको छ ।
आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ८.०५ प्रतिशतले अथवा ५९ रुपैयाँले बढेर ७९२ रुपैयाँले बढेको छ ।
साथै, आत्मनिर्भर लघुवित्तको ६.०८ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ४.८९ प्रतिशत, नेपाल एसबिआई बैंक डिभेञ्चर २०८३ को ४.०३ प्रतिशतले सेयर मूल्य बढेको छ ।














