१० श्रावण २०८३, आइतबार

मर्जर प्रस्ताव पारित गर्दै यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा आज (बैशाख २५ गते) सोमबार अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाण्डौंमा सम्पन्न भएको छ । सभामा यस यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव भएको छ ।

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा“यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिन प्रयोजनका लागी मूल्याङ्कन कर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सबाट तयार गरिएको दुवै कम्पनीको चल,अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन प्रस्ताव पारित । कम्पनीको सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी गाभ्ने /गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सहमति पत्र अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण कामकारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित ।

एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागी दुबै कम्पनीको चल अचल सम्पति दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक/मूल्याङ्कनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरेको छ ।

सभामा सम्झौता बमोजिम आवश्यक स्वीकृतिका लागी नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने÷गाभिने कार्यसँग सम्बन्धित प्रचलित कानून,निर्देशनहरु बमोजिम अपनाउनु पर्ने सम्पूर्ण आवश्यककार्यहरु एवं प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने प्रश्तव पारित भएको छ । सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलव्ध गर्ने र गराउने र गाभ्ने/गाभिनकार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव पारित ।

कम्पनी एक आपसमा गाभिए पछि गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथागाभिए पछि बन्ने सञ्चालक समितिमा अजोड इन्स्योरेन्स लिमिटेडबाट भई आउनु हुने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित ।

यूनाइटेड इन्स्योरेन्सको साविक सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेता पनि गाभ्ने÷गाभिने कार्य सम्पन्न भई साबिक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भएपश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक विशेष साधारण सभा नभए सम्ममात्र कायम रहने प्रस्ताव पारित भएको छ ।

यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभिए पछि कम्पनीको केन्द्रिय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नं. ११, सुन्धारा, काठमाण्डौंमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत समेत फेरवदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सम्झौता पत्रअनुसार कम्पनीको नाम,अधिकृत पूँजी, जारी पुँजी तथा चुक्तापूँजी वृद्धि गर्ने अन्य आवश्यक कार्य गर्ने साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा सम्बन्धित दफामा आवश्यक संशोध नगर्ने प्रस्ताव पारित गर्ने । यस सम्बन्धमा गर्नुपर्ने उपरोक्त संशोधनहरु नियमनकारी निकायबाट फेरवदल, थपघट गर्न कुनै सुझाववा निर्देशन दिएमा वा कुनै भाषिक फेरवदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।