मौद्रिक नीति लचिलो बन्ने गन्धले सम्हालिने प्रयासमा बजारमा « Arthapath.com
११ असार २०८२, बुधबार

मौद्रिक नीति लचिलो बन्ने गन्धले सम्हालिने प्रयासमा बजारमा



काठमाडौं । केहि दिने यता निरन्तर ओरालो लागेको बजारमा आज भने सुधार आएको छ । साताको तेस्रो दिन आएर बजारमा सुधार तिर लम्किएको हो ।

अबको केहि दिनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । सधै लगानीकर्ताले निराश बनाउदैं आएको मौद्रिक नीतिले यो पटक लचिलो आउने आशाले बजारमा सुधार छाएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभामा आइतबार बिनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै महतले पुँजी बजारमा देखिएको उतारचढावलाई अगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । बढ्दो ब्याजदर, बढ्दो ब्यापार घाटा, बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको जोखिमजस्ता चुनौती अर्थतन्त्रमा विद्यमान रहेका र आगामी बजेटमार्फत यी समस्याको समाधान गरिने बताएका छन् । सोहि कारण पनि लगानीकर्ता आशावादी बनेका छन् ।

सेयर बजार ओरालो लागेको प्रति अहिले सदनमा समेत चर्को बहस चले पनि लगानीकर्ताको माग सम्बोधन गर्नु पर्ने सरकार र नियामक नियाकको बध्यता रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अकंले बढेर १८४४.३६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनेबेच हुदाँ ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार बजार बढेसँगै १३ उपसूचक मै हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.८४ प्रतिशत, फाइनान्स समूहको ०.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९४ प्रतिशत, हाइड्रोपावर समूहको १.०८ प्रतिशत लगायत १३ उपसूचक राताम्य भएका छन् ।

आज हिमाल दोलाखा हाइड्रोपावरको ६ करोड ९६ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्