मंगलबार यी कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अंकले बढेर १८४४.३६ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनबेच हुदाँ ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार पिपुल्स पावर लिमिटेडको लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ६.४७ प्रतिशतले अथवा प्रतिकित्ता १६ रुपैयाँले बढेर २६८ रुपैयाँ ८० पैसाले बढेको छ ।
साथै, कालिञ्चोक दर्शन लिमिटेडको ४.६५ प्रतिशत, सिभिल लघुवित्तको ४.०५ प्रतिशत, युनिलिभर नेपालको ४.०४ प्रतिशत, आत्मर्र्निर लघुवित्तको ४.०३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
