१० श्रावण २०८३, आइतबार

थप दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का



काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । बुधबार (वैशाख २७ गते) देखि दुबैं कम्पनीको सेयर कारोबार रोक्का हुन लागेको हो ।

दुबैं कम्पनीले एक आपसमा मर्जर भएर बुधबार (वैशाख २७ गते) बाट एकीकृत कारोबार गर्दैछन् । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो ।

दुवै कम्पनी एक भएपछि अब आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।