गरिमा विकास बैंकको सेयर किन्ने होइन त ? आजदेखि ८ लाख ४९ हजार कित्ता बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर सर्वसाधारणको लागि खुल्ला गरेको छ । कम्पनीले बुधबार (बैशाख २७ गते) देखि ८ लाख ४९ हजार १९६ कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि खुल्ला गरेको छ ।
सेयर संस्थापक सेयरधनस् सहित अन्य व्याक्ति,कम्पनीले तथा संघसंस्थाले आजको मितिबाट १५ दिन भित्र आवेदन दिन सक्नेछन् । आवेदन बैकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी पेश गनुपर्ने छ । सो सेयरको बिक्री मूल्य भने तोकेको छैन् ।