धितोपत्र बजार पूँजीकरण २८ खर्ब १३ अर्ब कायम, सूचीकृत कम्पनीहरूको संख्या २४८ पुग्यो « Arthapath.com
११ असार २०८२, बुधबार

धितोपत्र बजार पूँजीकरण २८ खर्ब १३ अर्ब कायम, सूचीकृत कम्पनीहरूको संख्या २४८ पुग्यो



काठमाडौं । २०७९ चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या पनि २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छ भने ६९ जलविद्युकम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

साथै, २०७८ चैत मसान्तमा २४१५.२५ रहेको नेप्से सूचकाङ्क २०७९ चैत सान्तमा १९३४.४८ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्