३० श्रावण २०८३, शनिबार

को हुन् एकैपटक सेयर बिक्री गर्न लागेका प्रभु बैकको १५ जना संस्थापक सेयरधनी ?



काठमाडौं । प्रभु बैकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १५ जना संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख ७७ हजार कित्ता बढी सेयर बिक्री गर्ने लागेको हो ।

बैंकले संस्थापक सेयरधनी ओदन प्रसाद श्रेष्ठको नाममा रहेको १ लाख ३७ हजार कित्ता, देवी ध्वज श्रेष्ठको ६९ हजार कित्ता, प्रमोद प्रसाद श्रेष्ठको १ लाख ३७ हजार कित्ता, प्रकाश श्रेष्ठको १४ हजार २ सय १६ कित्ता, सुरेन्द्र कुमार माकजुको ७ हजार ७ सय ६६ कित्ता, कमला अधिकारी सापकोटाको ६० हजार कित्ता, दिनेश गुरुङ्कोे ७ लाख ९६ हजार ७ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

साथै, संस्थापक सेयर धनी राजेन्द्र मान सिंह वस्नेतको नाममा रहेको १६ हजार २४३ कित्ता, अमित तायलको १ लाख कित्ता, सरस गोपाल श्रेष्ठको ४६ हजार २१९ कित्ता, विवेक अग्रवालको ९ हजार ८ सय २ कित्ता, गोपाल श्रेष्ठको ६ हजार ९ सय कित्ता, रमेश दाहालको ३ हजार ४१ कित्ता, सुदन प्रसाद अधिकारीको ५ हजार ४ सय ९ कित्ता, पुनम चन्द अग्रवालको ६८ कित्ता ३ सय ६६ कित्ता बिक्री गर्ने लागेको हो । सो संस्थापक सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजको मिति (बैशाख २७ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यलय, बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गनुपर्नेछ ।

तोकिएको मितिभित्र बैंकको संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जाानकारी दिएको छ । संस्थापक सेयरधनीहरुले बिक्री मूल्य भने तोकेको छैन् ।