फरवार्ड माइक्रोफाइनान्सको मुनाफा दोब्बर घट्यो, मुख्य सूचकहरु नै ओरालो (विवरणसहित) « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

फरवार्ड माइक्रोफाइनान्सको मुनाफा दोब्बर घट्यो, मुख्य सूचकहरु नै ओरालो (विवरणसहित)



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमामसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको मुनाफा दोब्बरले ओरालो लागेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ९३.५५ प्रतिशतले ४ करोड ३६ लाख ३० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६७ करोड ६४ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर ७३ करोड २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ९३.५० प्रतिशतले घटेर ६ करोड २७ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९६ करोड ५२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष ४२.५८ प्रतिशतले घटेर ९९ करोड ५१ लाख ४० हजार रुपैयाँ, वितरणयोग्य नाफा ६७ करोड ८८ लाख १४ हजार रुपैयाँ र खराब कर्जा ४.०२ प्रतिशतले बढेर ५.८८ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ३० पैसाले घटेर ५ रुपैयाँ ५१ पैसा र प्रतिसेयर आम्दानी २५८ रुपैयाँ ५८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्