युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४१५ रुपैयाँले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिने युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य ४१५ रुपैयाँले बढेको छ ।
बिहिबार कम्पनीको सेयर मूल्य १.७० प्रतिशत अर्थात ४१५ रुपैयाँले बढेर २४ हजार ८९५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर आज ३५ कित्ता किनबेच भइ ८ लाख ६६ हजार ७४० रुपैयाँको कारोबार भएको छ।