१० श्रावण २०८३, आइतबार

प्रभु लाइफ इन्स्योरेन्सद्धारा प्राणघातक रोग विरुद्ध १०लाख रुपैयाँ दाबी भुक्तानी



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्राणघातक रोग विरुद्वका १० लाख रुपैयाँ बीमित रन्जु गौचनको घरमै गएर दाबी भुक्तानी गरेको छ ।

कम्पनीको शाखाकार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख रुपैयाँको बीमाङ्कको बीमा गरेकी बीमित रन्जु गौचनलाई करिब केही समय अगाडि क्यान्सर रोग पहिचा नभएको थियो । बीमापोलिसी खरिद गर्दा निज बीमत गौचनले प्राण घातक रोगहरु विरुद्घको १० लाख रुपैयाँ बराबरको औषधी उपचार खर्च पाउने गरी बीमा गरेकी थिइन् ।

बीमतले घातक रोग विरुद्घको सुविधा पाउँभनी सम्पूर्ण कागजात पेश गरेको दुई दिनमै उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो । कम्पनीको शाखा कार्यालय गोंगबुले एक औपचारिक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश ए प्रमुख पदम राना, गोंगबु शाखा प्रमुख खेमराज खनाल, वरिष्ठ एजेन्सी मेनेजर नविन शेरचन , जीवन भट्टचन लागाएतको उपस्थीतिमा उक्तदाबी रकम बीमित रन्जु गौचनको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै बीमित गौचनले “प्रभु लाइफ इन्स्योरेन्सले बीमितलाई सहज र सरल तरिकाले दुई दिनमै दाबीभुक्तानी दिएकोमा आफ्नो क्यान्सर रोगको उपचारको लागि १० लाख रुपैयाँले धेरै सहयोग गरेको भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपममा आर्थिक जोखिम कम गर्नको लागि बीमा गर्नुपर्ने” बताईन् ।

त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले “बीमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बीमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको” बताए ।