कुमारी बैंकको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । राम प्रकाश श्रेष्ठको नाममा रहेको १९ हजार ४०९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदको लागि बैंकको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिदको लागि संस्थाकहरुले आजैको मितिबाट ३५ दिन भित्र दिन सक्नेछन् । आवेदन बैंकको प्रधान कार्यालय,टंगाल काठमाडौंमा आईपुग्ने गरी पेश गनुपर्ने छ ।
तोकिएको समयावधिमा विद्यमान सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नदिएको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।













