थप छ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप छ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । यो साता अर्थात बैशाख २४ गतेदेखि बैशाख २९ गतेसम्म पाँच कम्पनीको ५५ लाख ३१ हजार ३४७.१८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
आदर्श लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बराबरको ४१ हजार ४ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३.२७१२७७२ प्रतिशत बोनस बापतको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता सेयर सूचीकृत भएको हो ।
नेपाल ल्युब आयल लिमिटेडको २५ प्रतिशत बोनस बापतको ९७ हजार ५६४ कित्ता सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको छ ।
ज्योति विकास बैंकको ३ प्रतिशत बोनस बापत १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर सूचीकेत भएको हो ।
साथै, नेप्सेमा आशा लघुवित्त वित्तीय संस्थाको १४.२८५७ प्रतिशत बोनस बापत ४ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचीकुत भएको हो । यी छ वटै कम्पनीले गत आर्थिक वष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको हो ।













