खराब कर्जा चुलिदा जनउत्थान सामुदायिक लघुवित्तको नाफा झण्डै दोब्बरले घट्यो, अधिकांश सूचक ओराला « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

खराब कर्जा चुलिदा जनउत्थान सामुदायिक लघुवित्तको नाफा झण्डै दोब्बरले घट्यो, अधिकांश सूचक ओराला



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा झण्डै दोब्बरले कमि भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ९३.९२ प्रतिशतले घटेर ३६ लाख १४ हजारमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५ करोड ९३ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा ऋणत्मक रहेको छ । कम्पनीको संचालन नाफामा १ करोड ७२ लाख ९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.६७ प्रतिशतले घटेर ६ करोड ९८ लाख ९२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १३ करोड ६१ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूजी १७ करोड ९१ लाख रुपैयाँ, जगेडा कोष ३९.४१ प्रतिशतले घटेर ९ करोड १२ लाख २२ हजार रुपैयाँ, सापटी ७.५९ प्रतिशतले घटेर १ अर्ब २२ करोड ७२ लाख ३३ हजार रुपैयाँ, खराब कर्जा ८.२१ प्रतिशतले बढेर ११.४८ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८३ पैसाले घटेर २ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्