१० श्रावण २०८३, आइतबार

नेप्सेमा एक कम्पनीको साढे २ करोड कित्ता सेयर सूचीकृत



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स आपसमा मर्जर भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नाममा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुवै कम्पनीको गरी कुल २ करोड ६२ लाख २६ हजार ३८१.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अब कम्पनीको सेयर सोमबार अर्थात जेठ १ गतेबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९ रुपैयाँ १२ पैसा ओपनिङ रेन्ज तोकेको छ ।