युनिक नेपाल लघुवित्त जेठ ११ गतेदेखि एफपीओ निष्कासन गर्ने « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

युनिक नेपाल लघुवित्त जेठ ११ गतेदेखि एफपीओ निष्कासन गर्ने



काठमाडौं । युनिक नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्