१० श्रावण २०८३, आइतबार

धनगढीमा निप्स सुदुरपश्चिम संघ गठन, को-को छन् समितिमा ?



काठमाडौं । सुदुरपश्चिम प्रदेशको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिकोउत्सबको समापन समारोहमा निप्स सुदुरपश्चिमको गठन भएको छ ।

नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एशियन लाइफका लोक राज जोशीको अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
उपाध्यक्षमा सूर्यज्योतीका जगदिस प्रसाद भट्ट र सन नेपाल लाइफका लक्ष्मी कान्त जैसी, कोषाध्यक्षमा प्रभु लाइफकी संगिता न्यौपाने, सचिवमा महालक्ष्मी लाइफका हर्क बहादुर बोहरा सह सचिवमा हिमालयन लाइफका तारा सिह बम र सदस्य हरूमा रिलाईबल लाईफका चन्द्र बहादुर बिष्ट ,नेपाल लाईफका दिपक भट्ट, आइएमई लाइफका प्रेम लाल राना ,सानिमा रिलायन्सका महेन्द्र बि.क, सिटिजन लाइफका गंगा राम जोशी चयन गरेको छ ।

साथै, सानिमा रिलायन्सका गणेश उप्रेतीको अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएको जानकारी प्रबक्ता नरेश भट्टले जानकारी दिए ।