सम्हालिने प्रयासमा सेयर बजारमा, कारोबार रकम भने निरन्तर खुम्चिदैं

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा गरे यता निरन्तर ओरालो लागेको बजार आज भने सम्हालिने प्रयास गरेको छ । पूँँजी बजारले उठाउदैं आएका मुद्धा मौद्रिक नीतिबाट सम्बोधन नभएपछि अब लगानीकर्ता बजेटको आशमा बसेका छन् ।
अर्थमन्त्री प्रशाससरण महत अहिले पूँजी बजारलाई लिएर आफु गम्भिर रहेको र लगानीकर्ताले उठाउदैं आएको माग सम्बोधन गर्ने आशले लगानीकर्ता आशावादी बनेका छन् । उसो त प्रत्येक बज्ेटमा अर्थमन्त्रीको आश्वासनमा मात्र परेका लगानीकर्तालाई अझैं लगानी गर्ने वातावरण बनेको महसुस भएको छ ।
कारोबार रकम निरन्तर खुम्चि रहेको छ । अहिले सेयर बजारलाई लिएर सदन देखि सडकसम्म चर्चा चलेपछि सरकारलाई लगानीकर्ताका माग सम्बोधन गर्ने बाध्यता पनि आइलागेको केहि जानकारहरुको प्रतिक्रिया रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९ अकंले बढेर १८२१.६० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ समूहको ०.०९ प्रतिशत र अन्य समूहको ०.०८ प्रतिशतले सेयर मूल्य घटेको छ । मंगलबार ११ उपसूचक भने हरियाली भएका छन् । आज विकास बैंक समूहको ०.०५ प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

मंगलबार एनआइसी एशिया बैंकको ५ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
