६४ करोडमा सिमित भएको कारोबारमा कुन कम्पनीको कति भयो ?

काठमाडौं । निरन्तर ओरालो लागेको बजारमा आज भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९ अकंले बढेर १८२१.६० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको २ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ करोड ६७ लाख १ हजार रुपैयाँ र हिमालयन बैंकको १ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ,।
