अभियान लघुवित्त १ करोड २१ लाख रुपैयाँ नोक्सानमा, अधिकांश सूचकमा गिरावट (विवरणसहित) « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

अभियान लघुवित्त १ करोड २१ लाख रुपैयाँ नोक्सानमा, अधिकांश सूचकमा गिरावट (विवरणसहित)



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार १ करोड २१ लाख ८० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड २ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी र संचालन नाफा ओरालो लाग्दा कम्पनीको मुनाफा ऋणत्मक हुन पुगेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानप् १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको उक्त आम्दानी ४ करोड २ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको संचालन नाफा १२ करोड ४२ लाख ५९ हजार रुपैयाँ ऋणत्मक अवस्थामा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २५ करोड ४० लाख रुपैयाँ, जगेडा कोष २ करोड १९ लाख ७२ हजार रुपैयाँ, सापटी १ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ र खराब कर्जा ४.६१ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.४९ रुपैयाँ नोक्सानमा र प्रतिसेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेकोछ ।


प्रतिक्रिया दिनुहोस्