१० श्रावण २०८३, आइतबार

‘बीमा सेवामूलक हुनुपर्नेमा व्यवसायिक मात्र भयो’



काठमाडौं । पाल्पामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बीमा सेवामूलक हुुनुपर्नेमा व्यवसायिक मात्र भएको गुनासो पोखेका छन् ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा जेठ ३ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन कागजी रूपमा झन्झिटिलो रहेको, बीमा गरेको मकैबाली क्षति हुँदा पनि दाबी भुक्तानी नपाएको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको लगायतका गुनासा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमालाई समावेश गर्ने प्रतिवद्धता ब्यक्त गरे । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले नागरिकले आफै अग्रसर भएर बीमा गर्ने वातावारण तयार गर्नुपर्ने धारणा राखे ।