बिहिबार नेपाल टेलिकमसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा रौनक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अकंले बढेर १८७७.३२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा सूचीकृत २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल टेलिकमको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ८ करोड ६३ लाखको कारोबार भएको छ ।
त्यस्तै, शिवम सिमेन्टको ७ करोड ११ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
