दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
१० असार २०८२, मंगलबार

दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरे अ‍ैकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३० अंकले बढेर १८७७.३२ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा विकास कम्पनी, आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशतले बढेर २५ रुपैयाँ ६० पैसा अथवा प्रत्तिकिता २८१ रुपैयाँ ६० पैसाले बढेको छ । आत्मनिर्भर लघुवित्त सेयर १० प्रतिशतले बढेर ९३ रुपैयाँ ३० पैसा अथवा प्रतिकित्ता १हजार २६ रुपैयाँ ७० पैसाले बढेको छ ।

साथै, शिव श्रि हाइड्रोपावरको ८.१४ प्रतिशत, गणपति लघुवित्तको ७.३ प्रतिशत, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ७.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्