तपाईको डिम्याट खातामा आयो त १२ प्रतिशत बोनस सेयर ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
गत फागुन १५ गतेसम्म कम्पनीको सेयर अभौतिकीकरण गराएका सेयरधनीहरु अर्थात सो मितिमा कायम सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा पनि क्रमश: बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।