३० श्रावण २०८३, शनिबार

प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा जेठ २६ गते, के कस्ता छन् एजेण्डा ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको जेठ २६ गते विशेष साधारण सभा बोलाएको छ । जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा सभा लैनचौर ब्याङक्वेट, लैनचौरमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीको गत आव २०७७/०७८ को वार्षिक प्रतिवेदन अलफल गरी पारित गर्ने । कम्पनीले गत आव २०७७/०७८ को मुनाफबाट हाल कायम रहेको चुक्ता पुँची ९.८ प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस सेयर (कर प्रयोजन) को ०.५१ प्रतिशतको नगद लाभांश पारित गर्ने ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /०७८ को वसालत, नाफ नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने । प्रभु लाइफ र महालक्ष्मी लाइफइन्स्योरेन्स लिमिटेड एक आपसमा मर्जर हुने प्रस्ताव पारित हुनेछ ।

कम्पनीको नियमावली अनुसार समूह ‘क’ का संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्विचन गर्ने ।

सभामा एक आपसमा मर्ज भए प्रश्चात अधिकृत पुँजी तथा चुक्ता पुँजी बढ्ने हुँदा त्यसको लागि कम्पनीले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीको १:१ अनुपातमा र्मज हुने प्रस्ताव पारित हुने ।

सभा प्रयोजनको लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने भएको छ । जेठ ११ गतेसम्म कायम सेयरधनीले लाभांश् सुरक्षित गर्न सक्नेछन् ।