सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा वाटफिल्टर हस्तान्तरण
काठमाडौं । सनराइज बैंकले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटरप्युुरिफायर हस्तान्तरण गरेको छ ।
जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहजहोस भनेर एक थान वाटर प्युुरिफायर बंैकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
सुख्खड क्षेत्रमा शुद्घपिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पु¥याउने क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटाले बबताए ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने छ । यसै हप्ता सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूूरपश्चिमको धनगढी उप–नगरपालिकालागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्यानिकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।













