ग्लोबल आइएमई लघुवित्तले ११औं वार्षिकोत्सव अवसरमा गर्यो खाद्यान्न, कपडा सहयोग

काठमाडौं । केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ ।
ग्रामीण समुदायमा न्यूनआय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्नवर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्यले २०७० जेठ ५ गते स्थापना भएको संस्गा हो ।

आज ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखा मार्फत मानव सेवाआश्रम/अनाथालय/बृद्धाश्रम/साहारा घर लगायतका संस्थाहरुमा खाद्यान्न, कपडा तथा सहयोग साम्रगी वितरण गरेको हो ।
विपन्नवर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्षएवं परोक्ष रुपमाप्रभावपार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथाबजारमा देखिएको आर्थिक मन्दीलगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु समेत सञ्चालन गर्नै कम्पनीले जानमारी दिएको छ ।